नक्सलबारी श्री रामकृष्ण आश्रमद्वारा आवश्यमन्दहरूलाई लुगाफाटा वितरण

खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने बुढ़ागञ्ज पञ्चायतको लक्खी मन्दिर टीलाघाटामा नक्सलबारी श्री रामकृष्ण आश्रमको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा राम कृष्ण मिशन निवेदिता शिक्षा सांस्कृतिक केन्द्र दार्जिलिङका कोषाध्यक्ष स्वामी परानन्द जी महाराज, नक्सलबारी श्री राम कृष्ण आश्रमका उपाध्यक्ष नरेन्द्र प्रसाद, सह सम्पादक भास्कर राय, कोषाध्यक्ष परितोष वर्धन, वीरेन कर्मकार, समाजसेवी विजय अग्रवाललगायत अन्य स्थानीय शीर्ष मानिसहरू उपस्थित थिए। उक्त कार्यक्रमको माध्यमद्वारा इलाकाका आवश्यकमन्द मानिसहरूलाई 50 वटा धोती, 5 सयवटा गरम च्यादर, 1 सयवटा सल, 40 वटा लगाउने पेन्ट र 152 जोडी जुत्ता वितरण गरेको नक्सलबारी श्री राम कृष्ण आश्रमका वीरेन कर्मकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *