नेपालको पशुपतिनाथ मन्दिरको शैलीमा सिलगढीमा निर्माण भइरहेछ भव्य मन्दिर 

सिलगढी : भारतको छिमेकी देश नेपालको भव्य पशुपतिनाथ मन्दिर झैँ सिलगढीमा पनि पशुपतिनाथ मन्दिरको निर्माण गरिरहेको छ। सिलगढी नगरनिगम अन्तर्गत 42 नम्बर वार्डको सरोजिनी पल्ली इलाकामा उक्त मन्दिरको निर्माण गरिरहेको छ। पशुपतिनाथ मन्दिर वेलफेयर सोसाइटीका सचिव तथा भारतीय सेनाका रिटायर्ड कर्नल जेके देवानको पहलमा उक्त मन्दिरको निर्माण भइरहेको छ। मन्दिर निर्माणको सन्दर्भ जेके देवानले भने, सिलगढीमा पशुपतिनाथ मन्दिर बनाउने मुख्य उद्देश्य सबै वर्गका श्रद्धालुहरूलाई उक्त मन्दिरको दर्शन गराउनु हो। 2016 मै उक्त मन्दिरको आधारशिला राखिएको थियो। यो भव्य मन्दिरको उचाइँ 30 फीट, चौड़ाई 30 फिट रहेकको छ भने उक्त मन्दिर मार्बलले बनाइरहेको छ। उक्त मन्दिरको निर्माणमा कसैले दान गर्न चाहेको खण्डमा कमिटीसित सम्पर्क गर्न सक्नेछन्। अर्कोतिर, मन्दिर कमिटीका उपाध्यक्ष जितेन पालले बताएअनुसार उक्त मन्दिरको कार्य लगभग अन्तिम चरणमा रहेको छ। यस मन्दिरको यहीँ साउन महीनामा उद्घाटन गरिने पूर्व निर्धारित योजना रहे तापनि मन्दिरको कार्य पुरा नभएकोले गर्दा अब शिवरात्रीमा उक्त मन्दिरको उद्घाटन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *