नेताजी जयन्तीको उपलक्ष्यमा आवश्यकमन्दहरूलाई कम्बल एवम् खाद्य वितरण

सिलगढी : नेताजी सुभाष चन्द्र बोसको 123औँ जयन्तीको उपलक्ष्यमा आज सिलगढीको ठाउँ-ठाउँमा विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेको छ। यसै क्रममा सिलगढीको मिलनपल्ली आमतला मोड़मा एउटा कार्यक्रमको माध्यमद्वारा स्थानीय मानिसहरूले आवश्यकमन्दहरूलाई कम्बल एवम् खाद्य सामाग्रीहरू वितरण गरे। आगामी दिनमा बन्द चियाकमानमा पनि यस प्रकारको कार्यक्रमको आयोजना गर्ने आयोजकतर्फबाट गौतम मजुमदारले बताए। आजको कार्यक्रममा 70 जना आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो भने 4 सयजना मानिसहरूको लागि भोजनको व्यवस्था गरिएको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *