एनएफ रेलवे मजदुर युनियनको महिला शाखाद्वारा अन्तर्राष्ट्रिय महिला दिवस पालन

सिलगढी : एनएफ रेलवे मजदुर युनियनको महिला शाखाले आज जोनल सम्मेलनको माध्यमद्वारा अन्तर्राष्ट्रिय महिला दिवस पालन गर्यो। यस अवसरमा युनियनका नेतृत्वहरूले विविध विषयमा चर्चा परिचर्चा गरेपछि केही मागहरू अघि आएको छ। एनएफ रेलवे मजदुर युनियनको महिला शाखाका सचिव तुलतुली घोषले बताएअनुसार हालसम्म एक वर्ग महिलाहरू घर सम्हालेर आफूलाई स्वनिर्भर बनाउनमा असमर्थ छन्। यसैले ती सबै महिलाहरूलाई समाजको विभिन्न कार्यहरूमा अघि आएर एउटा नयाँ समाज बनाउने तिनले आह्वान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *