निरन्तर रूपमा रोगीको मृत्युको घटनालाई लिएर दार्जिलिङ जिल्ला डीवाईएफआई-द्वारा मेडिकलमा विक्षोभ प्रदर्शन

सिलगढी : पुजाको दिनदेखि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा निरन्तर रूपमा 117 जना रोगीको मृत्यु भएको छ। सटीक चिकित्सा परिसेवको अभावले गर्दा नै धेरैजना रोगीको मृत्यु भएको डीवाईएफआई-को आरोप रहेको छ। यसैले चिकित्सा परिसेवा द्रुत स्वाभाविक गरिनुपर्ने माग गर्दै आज दार्जिलिङ जिल्ला डीवाईएफआईका सदस्यहरूले उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल अघि विक्षोभ प्रदर्शन गरे। संगठनका सदस्यहरूले आज मेडिकलका सुपरको कार्यालयअघि विक्षोभ प्रदर्शन गरे। संगठनका जिल्ला सचिव सचिन खातीले सरकार तथा मेडिकल कर्तृपक्षको लापर्वाहीको कारणले गर्दा धेरैजना रोगीहरूको मृत्यु भएको आरोप लगाउँदै मेडिकल कलेजको चिकित्सा परिसेवा तल्लो दर्जाको रहेको बताए। सटीक रूपमा चिकित्सा परिसेवा चालू गरिनुपर्ने माग गर्दै संगठनका सदस्यहरूले आन्दोलन जारी राख्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *