निशीगञ्जमा दुईवटा बाइसनको ताण्डव, एक जना घाइते

कुचबिहार (निसं): दुई वटा बाइसनले निशीगञ्जमा व्यापक ताण्डव मच्चाए पछि स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्। उक्त बाइसनको हमलामा एकजना व्यक्ति पनि घाइते भएको बताइएको छ। घटनाक्रम अनुसार, आज बिहान माथाभांगा 2 नम्बर ब्लक अन्तर्गत निशीगञ्ज इलाकाको भिन्न-भिन्नै ठाउँमा दुईवटा बाइसन देखा पऱ्यो। गाउँलेहरूले सबैभन्दा पहिला निशीगञ्जको खोकोबाडी इलाकामा बाइसनहरू देखे। यसपछि नलंगीबाडी इलाकामा पनि बाइसन देखा पऱ्यो। बाइसनको हमलामा बीरेन्द्र नाथ नामक एकजना व्यक्ति घाइते भएका छन्। घटना पछि स्थानीय मानिसहरूले तिनलाई घाइते अवस्थामा उद्धार गरेपछि निशीगञ्ज ग्रामीण अस्पतालमा चिकित्साको लागि लगे। अर्कोतिर, बाइसनले ताण्डव मच्चाएको सूचना पाएपछि निशीगञ्ज पुलिस आउटपोस्ट पुलिस अनि वन कर्मीहरू घटनास्थलमा आइपुगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *