सिलगढी : दिनहाटाको बुरिरहाटमा हिजो केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकमाथि हमला गरेको आरोप लगाउँदै आज राज्यभरिमै भाजपा-ले थाना घेराउ कार्यक्रम गर्यो। यसै क्रममा भाजपा सिलगढी सांगठनिक जिल्लाले पनि सिलगढीमा प्रधाननगर थाना घेराउ गरेर विरोध प्रदर्शन गर्यो। भाजपा कार्यकर्ता तथा समर्थकहरूले आज मल्लागढीस्थित खुदीरामको सालिग अघिबाट एउटा रयाली निकालेर प्रधाननगर थाना पुगे। यस अवसरमा भाजपाका दुईजना विधायक आनन्दमय बर्मन र दुर्गा मुर्मू पनि उपस्थित थिए। विधायक आनन्दमय बर्मनले भने, भारतका गृह राज्य मन्त्री पश्चिम बंगालमा सुरक्षित छैनन्। तिनको काफिलामाथि हमला गरियो। पुलिसले पक्षपातको काम गरिरहेको छ। भाजपा कार्यकर्ताहरूमाथि झुटो मामिला लगाइरहेको छ। यो सरकार धेरै दिनसम्म चल्ने छैन। आगामी पञ्चायत चुनाउ निष्पक्ष रूपमा सम्पन्न भए भाजपा अवश्य सत्तामा आउनेछ।
निशीथ प्रमाणिकमाथि हमला गरेकोमा भाजपा-द्वारा सिलगढीमा थाना घेराउ गरेर विरोध प्रदर्शन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
