निःशुल्क स्वास्थ्य जाँच र रक्तदान शिविरको आयोजना गरिने

सिलगढी : मिलनपल्ली युवक वृन्दको तर्फबाट आगामी 19 जनवरीको दिन सिलगढीको एसएफ रोडस्थित सोमानी मिल नजिक निःशुल्क स्वास्थ्य जाँच शिविर र रक्तदान शिविरको आयोजना गरिने भएको छ। मिलनपल्ली युवक वृन्दका सचिव अभिजीत दे विश्वासले दिएको जानकारीअनुसार आगामी 19 जनवरीको दिन बिहान 11 बजीदेखि अपरान्ह 3 बजीसम्म निःशुल्क स्वास्थ्य जाँच र रक्तदान शिविरको आयोजना गरिने भएको छ। यसपछि अपरान्ह 4 बजीदेखि 5 बजीसम्म आवश्यकमन्दहरूलाई कम्बल वितरण गरिने साथै साँझ 7 बजी एउटा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *