एनजेपी ड्राई पोर्ट तोड़फोड़ मामिलामा आफूलाई फँसाएको प्रसनजीत रायको दावी

सिलगढी : एनजेपी ड्राई पोर्टमा भएको तोड़फोड़को घटना अवधि घटनास्थलमा नरहे तापनि आफूलाई दोषी ठहराएको कुरा आज अदालतमा लैजाने क्रममा पत्रकारहरूसित कुराकानी गर्दै प्रसनजीत रायले बताए। स्मरण रहोस्, एनजेपी ड्राई पोर्टमा गत केही दिन अघि भएको तोड़फोड़ घटनामा तृणमूल श्रमिक संगठनका नेता प्रसनजीत राय र तिनका समर्थकहरू सामेल रहेको आरोप उठेपछि प्रसनजीत निखोज भएका थिए। एनजेपी पुलिस लगायत सिलगढी पुलिस कमिशनरेटको तर्फबाट प्रसनजीत रायको खोजी भइरहेको थियो भने गत सोमबार तिनलाई असमबाट पक्राउ गरेपछि सिलगढी पुलिस कमिश्नरेटको एउटा टीमले हिजो सिलगढी ल्याइपुर्‍याएपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। आज अदालत लैजाने क्रममा तिनले आफू घटनाको समय घटनास्थलमा नरहेको साथै आफूमाथि झुटो आरोप लगाएर आफूलाई फँसाएको दावी गरे। तिनले भने, म त्यहाँको इन्चार्ज थिए यसैले मेरो नाम उक्त घटनामा अघि आएको मात्र हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *