एनजेपी जीआरपीएफ-को तर्फबाट रक्तदान शिविर

सिलगढी:  26 /11 मुम्बई हमलामा लश्कर-ए-तोयबाद्वारा मारिएका मानिसहरूको स्मरणमा आज एनजेपी जीआरपीएफ-को तर्फबाट आज एउटा रक्तदान शिविरको आयोजना गरियो। एनजेपी जीआरपीएफ-का आईसी अनुपम मजुमदारको विशेष पहलमा एनजेपी स्टेशनमा आयोजित उक्त रक्तदान शिविरमा मुख्य अतिथिका रूपमा समाजसेवी दिपज्योति चक्रवर्ती र मलयकान्ति राय उपस्थित थिए। शिविरमा संग्रहित गरिएको रगत सिलगढी जिल्ला महकुमा अस्पतालको ब्लड ब्याङ्कमा पठाइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *