एनजेपी स्टेसन लगायत अन्य स्टेसनहरूमा बङ्ग्ला भाषाको प्रयोग गरिनुपर्ने मागमा ‘एई प्रजन्म’ संस्था-द्वारा ज्ञापन

सिलगढी : एनजेपी स्टेसन लगायत अन्य स्टेसनहरूमा बङ्ग्ला भाषाको प्रयोग गरिनुपर्ने मागमा स्वयम्‌सेवी संस्था एई प्रजन्म-ले आवाज उठाएको छ। संस्थाका सदस्यहरूले आज एनजेपी स्टेसनका रेलवे अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। प्राप्त जानकारीअनुसार एनजेपी स्टेसन लगायत सिलगढी जङ्क्सन स्टेसनमा बङ्गाली भाषीहरूको सुविधाको लागि बङ्ग्ला भाषामा लेखिएको बोर्डहरू रहे तापनि हाल ती सबै मेटाइदिएको छ। रेलवे विभागको उक्त निर्णयले गर्दा बङ्ग्ला भाषी यात्रुहरू निक्कै असुविधामा परेका छन्। यसैले उक्त संस्थाले 2019 देखि नै स्टेसनहरूमा बङ्ग्ला भाषामा लेखिएको बोर्डहरूको प्रयोग गरिनुपर्ने माग गर्दै आइरहेको छ। उक्त संस्थाका सदस्यहरूले आज फेरि एनजेपी रेलवे स्टेसनका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। आगामी 30 दिनको अवधिमा तिनीहरूको मागलाई लिएर कुनै सहानुभूति नदेखाएको खण्डमा स्टेसन परिसरमा संस्थाका सदस्यहरूले शान्तिपूर्ण रूपमा धरना प्रदर्शन गर्ने संयोजक अनिर्वान दत्तले बताए।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *