नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने 3 जना पक्राउ

सिलगढी : नोकरी लगाइदिने प्रलोभन देखाएर युवाहरूबाट रुपियाँ ठग्ने गरेको आरोपमा सिलगढी थाना पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू चम्पासरीको नेताजी नगर निवासी दीपु कुमार सिंह (27), चम्पासरी निवासी मोहम्मद फारुक (28) र हैदरपाड़ा निवासी अभिषेक विश्वास (21) को रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार सिलगढीको हाकिमपाड़ा चिल्ड्रेन पार्कस्थित जय माता दी सर्न ज्योति कन्सलटेन्सी’-को नाममा यी तीनजना व्यक्तिले नोकरी लगाइदिने प्रलोभन देखाएर युवाहरूबाट रुपियाँ ठग्ने गरेकोबारे थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा सिलगढी थाना पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका तीनजना व्यक्तिविरुद्ध ठगीको मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *