सिलगढी : एकजना 22 वर्षीय युवकको मृत्युपछि नर्सिङ होममा तोडफोड गरेको आरोपमा भक्तिनगर थाना पुलिसले सीपीआईएम-का 2 जना नेतालाई पक्राउ गरेको छ। पक्रा परेका 2 जनालाई रिहाई गरिनुपर्ने माग गर्दै आज दार्जिलिङ जिल्ला सीपीआईएम कमिटीको तर्फबाट भक्तिनगर थाना घेराउ गरेर विरोध प्रदर्शन गरियो। घटनाक्रम अनुसार एकजना 22 वर्षीय युवकको मृत्यु भएको घटनालाई लिएर हिजो एउटा नर्सिङ होममा तोड़फोड़ हुँदा केही घण्टासम्म अस्पताल परिसरमा तनाउको माहौल देखापरेको थियो। यसपछि एसीपी शुभेन्द्र कुमार र कमिश्नर अखिलेश चतुर्वेदी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै कमिश्नर अखिलेश चतुर्वेदीले नर्सिङ होममा तोड़फोड़ गर्नेहरूविरुद्ध कठोर कार्वाही गर्ने निर्देश दिएका थिए। भक्तिनगर पुलिसले पहिला 2 जना व्यक्तिलाई हिरासतमा लिएको थियो भने पछि नर्सिङ होममा तोड़फोड़ गरेको आरोपमा सुरेन्द्र शर्मा र बुलेट सिंहलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका दुवैजना सीपीआईएम नेता रहेको बताइएको छ। दार्जिलिङ जिल्ला सीपीआईएम कमिटीको तर्फबाट पक्रा परेका सुरेन्द्र शर्मा र बुलेट सिंहलाई रिहाई गरिनुपर्ने माग गर्दै भक्ति नगर थाना घेराउ गरेर विरोध प्रदर्शन गरियो। पुलिसले पार्टी हेरेर मानिसहरूलाई पक्राउ गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। यस विषयमा सीपीआईएम नेता दिलीप सिंहले भने, हिजो एकजना युवकको मृत्यु भएको खबर सुनेर आफू नर्सिङ पुगेका थिए। त्यस समय आक्रोशित मानिसहरूले नर्सिङ होममा तोड़फोड़ गरेको थियो। तर पुलिसले मानिसहरूको भीड़मा केवल सीपीआईएम-का दुईजना मानिसले मात्र तोड़फोड़ गरेको देख्यो। यदि दुईजनाले मिलेर नर्सिङ होममा तोड़फोड़ गर्दा के पुलिस मुक दर्शक बनेर हेरिरह्यो? तिनले अझ भने, भक्ति नगर इलाकामा अपराधिक घटना बढिरहेको छ तर पुलिस यसलाई रोक्न व्यर्थ रहेको छ। अर्कोतिर, सीपीआईएम नेता समन पठानले पनि राजनीतिक दृष्टिकोणले सीपीआईएम-का दुईजना नेतालाई पक्राउ गरेकोमा निन्दा गरे।
नर्सिङ होममा तोड़फोड़को आरोपमा 2 जना पक्राउ, माकपा-द्वारा थाना घेराउ गरेर विरोध प्रदर्शन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
