ओमप्रकाश मिश्राले गरे सिलगढीको 23 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज सिलगढी नगरनिगमको 23 नम्बर वार्डमा चुनाउ प्रचार गरे। सिलगढी नगरनिगमको 23 नम्बर वार्ड कमिटीको पहलमा वार्ड कार्यालय अघिबाट एउटा र्‍याली निकालिइयो।


उक्त र्‍यालीको माध्यमद्वारा प्रार्थी ओम प्रकाश मिश्राले चुनाउ प्रचार गरे। यस अवसरमा 23 नम्बर वार्ड कमिटीका अध्यक्ष विष्णु साहा, मदन भट्टाचार्य लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *