सिलगढी : केही मागलाई लिएर पश्चिमबंग प्रदेश कङ्ग्रेस कमिटीले एउटा रैलीको माध्यमद्वारा नगरनिगम अभियान चलायो। तथापि, पुलिसले उक्त रैलीलाई नगरनिगममा प्रवेश गर्न अगावै रोकिदिँदा पुलिस र कार्यकतामाझ हातापाई समेत भएपछि तनाउको माहौल देखापर्यो। सिलगढी नगरनिगमले सहरवासीलाई परिसेवा प्रदान गर्न विफल भएको आरोप लगाउँदै प्रदेश कांग्रेस कार्यकर्ताहरूले आज सिलगढीको बाघाजतिन पार्कबाट एउटा रैली निकाल्यो। उक्त रैली नगरनिगम अघि पुगेपछि पुलिसले रैलीलाई रोकिदिँदा पुलिस र प्रदेश कांग्रेस कार्यकर्ताहरूमाझ हातापाई शुरू भयो। प्रदेश कांग्रेस कार्यकर्ताहरू नगरनिगमको मुख्य द्वारभित्र प्रवेश गरेपछि सिलगढीको 16 नम्बर वार्ड पार्षद सुजय घटकको हस्तक्षेपमा 6 जनाको एउटा प्रतिनिधि टोलीले 9 सूत्रीय मागलाई लिएर नगर कमिश्नर सोनम वाङ्ग्दी भुटियासित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यस सम्बन्धमा वार्ड पार्षद सुजय घटकले भने, म सिलगढी नगर बोर्डमा कांग्रेस पार्षद हुँ। आज केही मुद्दाहरूलाई लिएर आफूहरूले एउटा रैलीको माध्यमद्वारा नगर कमिश्नर सोनम वाङ्ग्दी भुटियासित भेट गरेर एउटा ज्ञापन पत्र चढायौँ। यदि आफूहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा 47 वटा वार्डको साथ नगरनिगम अभियान चलाउनेछौँ।
पश्चिमबंग प्रदेश कांग्रेस कमिटीद्वारा नगरनिगम अभियान

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
