गान्तोक : पश्चिम सिक्किमको आरिथाङ मार्ताममा साकेवा (उधौली पुजा) महोत्सव 2019-20 पालन गरियो। यस महोत्सवमा क्षेत्रीय विधायक तथा मन्त्री लोकनाथ शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। तिनले उधौली पुजा कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका सदस्यहरूलाई साकेवाको हार्दिक शुभकामना दिए भने सिक्किममा नयाँ एसकेएम-को सरकारले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा राज्यका सबै जातका मानिसहरूलाई तिनीहरूको संस्कृति, धर्म लगायत अन्य सबै कुरोमा मदत गर्नको साथै तिनीहरूको विकासको निम्ति सदा सहयोग पुर्याउने तिनले आश्वासन दिए।
कार्यक्रममा विभिन्न जातका प्रतिनिधिहरूलगायत देनताम क्षेत्रका म्याजिस्ट्रेट विमल राई, मार्तमका खण्ड विकास अधिकारी श्रीमती प्रतीमा तामाङ, कृषि विभागका जोइन्ट डाइरेक्टर जग बहादुर कार्की आदि प्रमुख रूपमा उपस्थित थिए। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।