सिलगढ़ी: सिलगढ़ी मतिगढ़ाको बरसाना अपार्टमेन्टस्थित आज उद्घाटन गरिएको दार्जिलिङ भाजपा सांसदको पार्टी कार्यालयमा वर्तमान पहाड़को विभिन्न विषयमा भाजपाको सहयोगी दार्जिलिङका क्षेत्रिय पार्टीका प्रतिनिधिहरूलाई लिएर सांसद राजु विष्टले आज एउटा महत्वपूर्ण बैठक गरे। यस अवसरमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बालगायत गोजमुमो(विमल खेमा)का बीपी बजगाइँ, आरबी भुजेल अनि आरपी वाईबा,गोरानिमो-का एचके छेत्री, गोर्खालीगका प्रताप खाती, मीना सुब्बा, गोरामुमोबाट वाई लामा, भूपेन गुरूङ, किशोर राई, सन्दीप लिम्बु, सुमेटी मुक्ति मेर्चाका बिकास राई, क्रामाकपा-का अरुण घतानी, गोबिन्द छेत्री, किशोर प्रधान प्रमुख रूपमा उपस्थित थिए। तथापि गोजमुमो विनय तामाङ खेमाको तर्फबाट आजको बैठकमा कुनै प्रतिनिधि उपस्थित थिएनन्। सभामा बिशेष बर्तमान पहाड़को राजनीतिक परिवेशमाथि चर्चा परिचर्चा गरियो। यसको साथै भाजपाको चुनाउ मुद्दा गोर्खाहरूको स्थायी राजनीतिक समाधानमाथि पनि बिशेष चर्चा गरिएको बताइएको छ। उक्त बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सांसद राजु विष्टले हालै बङ्गालका सांसद सुव्रमण्यम स्वामीले गोर्खाहरूको स्थायी राजनैतिक समाधान गोर्खाल्याण्ड युनियन टेरीटोरीमार्फत हुने साथै यसबारे आफुले सांसदमा आवाज उठाउन सक्नेबारे गरेको ट्वीटलाई तिनले स्वागत जनाए। तिनले एउटा प्रश्नको जवाबमा अहिले पनि पहाड़मा भाजपा अनि यसको सहयोगी पार्टीहरूको वर्चस्व यथावत् रहेको दावी गर्दै गोजमुमो-दुईका अध्यक्ष विनय तामाङको पनि खोइरो खन्दै तिनी बाध्यतावश बङ्गालको मुख्यमन्त्रीको ईशारा चलिरहेको आरोप लगाए। सांसद विष्टले विनयलाई चुनौती दिँदै बङ्गाल विधान सभाबाट गोर्खाल्याण्डको बील पारित गरेर देखाओस् अनि आफुले त्यसपछि केन्द्रमा जे गर्नु पर्छ त्यो गरेर देखाउने समेत चेतावनी दिए। यसको साथै भाजपाले सिलगढ़ी नगर निगमको चुनाउलाई लिएर सम्पूर्ण तयारी शुरू गरिसकेको तिनले अवगत गराए।
पहाड़का विभिन्न पार्टीका प्रतिनिधिहरूसित सांसद राजु विष्टको बैठक

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
