पानीट्याङ्कीमा कोइला बोकेको ट्रक दुर्घटना

खोरीबारी : भारत-नेपाल सीमा संलग्न पानीट्याङ्की सिमुलतला नजिक एशियन हाईवे 2-मा आज बिहान कोइला बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक भाग्यले बाँचे। ट्रक चालक तिलक रामले यूपी 25 सीटी 5655 नम्बर भएको उक्त ट्रकमा असमदेखि कोइला बोकेर बिहारतर्फ गइरहेको समय लगभग साढ़े चार बजी सिमुलतलामा अचानक ट्रक अनियन्त्रित भएर पल्टिँदा टाउकोमा सामान्य चोट लागेको बताए। अर्कोतिर, घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर अस्पतालमा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *