पन्ता भातमा विष मिलाएर गृहिणीको हत्या गरेको लोग्ने तथा परिवारविरुद्ध आरोप

राजगञ्ज: पन्ता भातमा विष मिलाएर गृहिणीको हत्या गरेको लोग्ने तथा तिनका परिवारका सदस्यहरूविरुद्ध अभियोग उठेको छ। उक्त घटना राजगञ्जको सुखानी ग्राम पञ्चायत अन्तर्गत पूर्व वनिजोत इलाकामा घटेको हो। मृतक गृहिणी बबली खातूनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 14 वर्ष अघि यसै ग्राम पञ्चायतको भोलापाडा निवासी बबली खातुनको बिहे पूर्व बनजोत निवासी लखीबर रहमानसित सामाजिक रीति-रिवाज अनुसार भएको थियो। बिहेको केही महिनापछि ससुराल पक्षले माइताबाट रुपियाँ ल्याउन भन्दै बबलीमाथि दबाउ दिन थाले। रुपियाँ नदिएकोमा कथित रूपमा तिनीमाथि अत्याचार गर्न थाले। तिनको 2 वटा छोरी छन्। यसैबीच 2 वर्षअघि बबली खातूनको लोग्ने लखीबरले दोस्रो बिहे गरेपछि बबलीले मानिसहरूको घर-घरमा गएर काम गर्न थालिन्। हिजो अपरान्ह कामबाट घर फर्किआएपछि बबली पन्ता भात खान बसेकी थिइन्। खाना खाँदै गरेको समय तिनले उल्टी गर्न थालेपछि तिनलाई उद्धार गरेर पहिला राजगञ्ज ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज तथा अस्पताल पठाइयो। त्यहीँ उपचार अवधि आज बिहान बबलीको मृत्यु भएको छ। योजना अन्तर्गत पन्ता भातमा विष मिलाएकोले गर्दा नै बबलीको मृत्यु भएको हुनसक्ने परिवारका सदस्यहरूले आरोप लगाएका छन्। यसपछि तिनीहरूले बबलीको लोग्ने, तिनको दोस्रो स्वास्नी लगायत 3 जना विरुद्ध राजगञ्ज थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले 2 जनालाई पक्राउ गरेको छ। राजगञ्ज पुलिस सूत्रले दिएको जानकारी अनुसार अभियोगको आधारमा 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। तथापि, बबलीको लोग्ने र अन्य सदस्यले सुइँकुच्चा ठोकेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes