पर्यावरणलाई बचाउनको लागि अनौठो कलम बिक्रीमा

सिलगढ़ी : पुरूलिया धानड़ा दुर्गा माई महिला संघले पर्यावरणलाई बचाउनको लागि एउटा अनौठो कदम उठाएको छ। यस महिला संघले एउटा यस्तो कलम बनाएको छ, जसको प्रयोग गरेर फ्याँकेपछि त्यहाँबाट एउटा रूखको विरूवा उम्रिन्छ। यो कलम कागजले तयार गरेको छ। कलममा एउटा पौधाको बीज हालिएको छ। कलमको प्रयोग गरेर कतैं पनि फ्याँकी दिँदा कागज मोटोमा परिणत हुनको साथै त्यहाँ हालिएको बीउबाट एउटा नयाँ पौधा उम्रिने गर्दछ साथै यसले पर्यावरणलाई बचाउनको लागि एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यस कलमको नाम सीड पेन रहेको छ। उक्त कलम तयार गर्नको लागि लगभग 4-5 रूपियाँ खर्च हुने गरेकोले यसको बिक्री मूल्य 10 रूपियाँ राखिएको पुरूलियाबाट मेलामा आएको धनड़ा दुर्गा माई महिला संघका एकजना सदस्यले जानकारी दिएका छन्। तिनले बताए अनुसार सिलगढ़ी सरस मेलामा यस पेनको अधिक माग रहेको छ भने बिक्री गर्नको लागि ल्याइएको मोठ दुई हजार पेनमध्ये हालसम्म एक हजार पेन बिक्री भइसकेको छ। यसको साथै यस कलमलाई बजारसम्म पुऱ्याउने लक्ष्य रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/