पेट्रोल-डीजलको मूल्य वृद्धि लगायत विविध मागलाई लिएर सीपीआईएम-द्वारा विक्षोभ

सिलगढी : पेट्रोल-डीजल, ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवाद लगायत विविध मागलाई लिएर आज डाबग्राम 2 ग्राम पञ्चायतको नरेश मोड इलाकामा सीपीआईएम डाबग्राम एरिया कमिटी 2-का समर्थक तथा कार्यकर्ताहरूले विक्षोभ प्रदर्शन गरे। प्रदर्शनकारीहरूले सबैलाई कोरोनाको टीकाकरण लगाइनुपर्ने, नकली भ्याक्सिन काण्डका आरोपीहरूलाई चाँडै पक्राउ गरिनुपर्ने लगायत विविध मागहरू उठाए। सीपीआईएम नेता दिलीप सिंहले राज्य एवम् केन्द्र सरकारले दिन प्रतिदिन पेट्रोल-डीजल लगायत ग्यास सिलेन्डरको मूल्य वृद्धि गरेकोले गर्दा साधराण मानिसहरू समस्यामा परेका छन्। यसको साथै कोरोनाको भ्याक्सिन लगाउन जाँदा मानिसहरूले धेरै असुविधाको सामना गर्न परिरहेको छ। सहरका मानिसहरूलाई चाँडै कोरोनाको भ्याक्सिन लगाउने तिनले माग गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *