पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर जलपाईगढी जिल्ला परिषदका सह सभाधिपतिले गरे अनौठो प्रदर्शन

जलपाईगढी : जलपाईगढी जिल्ला परिषदको सह सभाधिपति दुलाल देवनाथले पेट्रोलियम उत्पादहरूको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गर्ने अनौठो उपाय प्रयोग गरेर सबैको ध्यान आकर्षित पारेको छ। तिनी आज घरबाट आफ्नो वाहनलाई ठेल्दै लगभग 2 किमी पैदल हिँडेर कार्यालय पुगे। जलपाईगढी जिल्ला परिषदका सह सभाधिपति दुलाल देवनाथले बताएअनुसार पेट्रोलियम उत्पादहरूको मूल्य वृद्धिको विरोध गर्नको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हिजो ई-स्कुटरमा बसेर नवान्न गइन् भने तिनकै अनुसरण गर्दै आज आफूले पनि वाहनलाई ठेल्दै लगभग 2 किमी पैदल हिँडेर कार्यालय पुगेको जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *