फालाकाटामा आवश्यकमन्द महिलाहरूलाई वस्त्र वितरण

फालाकाटा : उत्तरबंग हिजरा विकास संगठन फालाकाटाको तर्फबाट इलाकाका 160 जना आवश्यकमन्द महिलाहरूलाई नयाँ साडी वितरण गरियो। यसको साथै संगठनको तर्फबाट भोजनको व्यवस्था पनि गरियो। यस अवसरमा फालाकाटा न नम्बरर ग्राम पञ्चायत प्रधान अपर्णा भट्टाचार्य, फालाकाटा व्यवसायी समितिका सचिव नान्टु तालुकदार, समाजसेवी अब्दुल मन्नान, नेपाल गोप, भोला दासगुप्ता, सुतपा भद्र, सुनील राय उपस्थित थिए। उक्त संगठनले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको कार्यक्रममा उपस्थित अतिथिहरूले बताए। उत्तरबंग हिजरा विकास संगठनका चाँदनी विश्वासले आफूहरूले समाजको नियम नीति मानेर प्रत्येक वर्ष काली पुजाको दिन कुल देवीको पुजा गर्ने गरेको बताउँदै आफूहरूलाई भिन्न दृष्टिले नहेर्ने सबैसित अनुरोध पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *