फलाम चोर्ने 4 जना युवक पक्राउ

सिलगढी : सिलगढी नगरनिगमको 41 नम्बर वार्डमा नाला निर्माण कार्यको निम्ति ल्याइएको फलाम चोरी गरेको आरोपमा भक्तिनगर थाना पुलिसले 4 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले रोहित सिकदार, समीम अनसारी, एमडी अमन र एमडी शाहरूखको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार भक्तिनगर थाना पुलिसले हिजो राति अभियान चलाएर ती चारजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *