फाँसीदेवा नागरिकवृन्दको तर्फबाट रक्तदान शिविरको आयोजना

फाँसीदेवा : फाँसीदेवा नागरिकवृन्दको तर्फबाट आज फाँसीदेवा बेसिक प्राथमिक विद्यालयको मैदानमा एउटा रक्तदान शिविरको आयोजना गरियो। मैनागढीको दोमोहनीमा भएको ट्रेन दुर्घटनालाई केन्द्र गरेर उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा इलाकाका युवक, साधारण मानिसहरू लगायत फाँसीदेवा थाना पुलिसका कर्मीहरूले रक्तदान गरे। यस अवसरमा फाँसीदेवा थानाका ओसी सुजीत दास, समाजसेवी बापन दास, अक्तार अली लगायत अन्य उपस्थित थिए। शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *