फाँसीदेवा : फाँसीदेवाको 31 नम्बर राष्ट्रिय राजमार्गको मुरालीगञ्ज चेकपोस्टबाट 91 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बिहार निवासी जाकिर हुसेन र बाबुल अहमद सामेल छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति फाँसीदेवा विधाननगरको मुरालीगञ्जमा नाका चेकिङ अवधि 2 वटा कन्टेनरलाई रोकेर छानबीन गर्दा 91 वटा भैँसी उद्धार गरेको बताइएको छ।

वैध कागजपत्र बिनै उक्त भैँसी बिहारबाट असम तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। घटनाको जाँच शुरू गरेको विधाननगर जाँच केन्द्र पुलिसले जनाएको छ।
