फाँसीदेवा, 27 नोभेम्बर (निसं): फाँसीदेवा थाना पुलिसले तस्करी गर्ने प्रयास गरिरहेको समय 27 वटा भैसी उद्धार गरेको छ। यस घटनामा 3 जना तस्करलाई पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीहरूको पहिचान आइजुल अली, ताहित आलम र मोहम्मद अञ्जारको रूपमा गरिएको छ।
जानकारी अनुसार, फाँसीदेवा पुलिसले गोवालटुली राष्ट्रिय राजमार्गमा नाका चेकिङ अवधि एउटा कन्टेनर जाँच गर्ने क्रममा उक्त कन्टेनरबाट 27 वटा भैसी उद्धार गरेको छ। भैसीबारे वैध कागज पत्र नभएको कारणले भैसीसहित कन्टेनरलाई जफत गरिएको पुलिसले बताएको छ। उक्त भैसीहरू दाल खोलादेखि मयनागुढी लैजाने प्रयास गरिरहेको थियो।
पक्रा परेका आरोपीहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। फाँसीदेवा थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको जनाएको छ।
North Bengal, Siliguri, Uncategorized
फाँसीदेवामा 27 वटा भैसी उद्धार, 3 जना तस्कर पक्राउ
27
Nov
Nov