फाँसीदेवामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

फाँसीदेवा : फाँसीदेवाको महिपाल इलाकामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 18 वर्षीय उत्तम गोस्वामीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज घरमा झुन्डिएको अवस्थामा युवकलाई देखेपछि स्थानीय मानिसहरूले तत्कालै उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि फाँसीदेवा थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *