फोहोर मैला फ्याँकिएको ठाउँबाट असमको लगभग 25 वटा आधार कार्ड उद्धार

सिलगढी : सिलगढीको 33 नम्बर वार्डमा फोहोर-मैला फ्याँक्ने ठाउँबाट लगभग 25 वटा आधार कार्ड उद्धार भएको छ। सिलगढी नगरनिगम अन्तर्गत पर्ने 33  नम्बर वार्डको विद्यापीठ रोडमा आज फोहोर-मैला सफा गर्ने क्रममा सफाई कर्मीहरूले मैला फ्याँकिएको ठाउँबाट लगभग 25 वटा आधार कार्ड भेट्टाइएपछि तिनीहरूले वार्ड कार्यालयमा उक्त आधार कार्ड लगेर दिए। यस सम्बन्धमा टिङ्कु महाजनले उद्धार गरेको उक्त आधार कार्डहरू सबै असमको हो। यस विषयमा एनजेपी थानामा लिखित रूपमा सूचना दिनको साथै उक्त आधार कार्डहरू पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *