पीड़ित परिवारसँग भेट गरे एसएफआई नेताले

सिलगढ़ी : बाघडुग्रा पुलिस थाना क्षेत्र अन्तर्गत पर्ने एमएम तराईमा पीड़ित परिवारका सदस्यहरूसित तिनीहरूको घरमा गएर एसएफआई दार्जिलिङ जिल्ला सचिव शङ्कर मजूमदारले आज भेट गरे। तिनले पीड़ित परिवारलाई आफुहरू पनि साथमा रहेको आश्वासन दिँदै उक्त घटनाको कठोर शब्दमा निन्दा गरे। यसको साथै एसएफआई नेता मजुमदारले दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो कठोर सजाय दिनुपर्ने प्रशासन समक्ष माग गरे। यदि दोषीहरूलाई चाँड़ै सजाय नदिए पीड़ित पक्षको समर्थनमा एसएफआई-ले वृहत आन्दोलन गर्ने तिनले चेतावनी दिएका छन्। यस अवसरमा एसएफआई-का अन्य सदस्यहरू पनि उपस्थित थिए। स्मरण रहोस, गत केही दिन अघि एकजना सात वर्षीय बालकलाई जबर्जस्तीसित दुष्कर्मको प्रयास गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *