पुलिस अफिसरको आफन्तले घरमा काम गर्ने महिलालाई कुटपिट गरेको आरोप

सिलगढी (निसं): सिलगढीमा एकजना पुलिस अफिसरको आफन्तले घरमा काम गर्ने महिलालाई कुटपिट गरेको आरोप लगाइएको छ। घटना सिलगढी नगर निगमको 43 नम्बर वार्डको लोवर भानुनगर इलाकाको हो। यता, घटना पछि पीड़ित महिलाको तर्फबाट हिजो मंगलबार भक्ति नगर थानामा लिखित अभियोग दर्ता समेत गरेको छ। यसैगरी, अभियोग पछि आज पीडित महिला अनि तिनका परिवार सहित छर-छिमेकीहरूले न्याय दिनु पर्ने माग गर्दै भक्तिनगर थाना बाहिर हो-हल्ला मच्चाए। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपलिटन पुलिसको एकजना अफिसरको घरमा गत केही वर्ष अघिदेखि एकजना महिलाले काम गर्दथे। मंगलवार अफिसरको सासु र सालोले उक्त काम गर्ने महिलालाई निर्दयतापूर्व कुटपिट गरे। यसबारे भक्ति नगर थाना पुलिसले महिलालाई कुटपिट गरेको आरोपमा पुलिस अफिसरको सालो बापीलाई हिरासतमा लिएको छ। पीड़िता महिलाले बताए अनुसार तिनी धेरै समय अघिदेखि नै पुलिस अफिसरको घरमा साफ-सफाई गर्ने काम गर्दथे। अचानक पुलिस अफिसरकी पत्नीले तिनीमाथि पतिसँग अवैध सम्बन्ध रहेको आरोप लगायो। यसपछि पुलिस अफिसरको सालो बापी र तिनकी सासुले बेल्ट, बटमले निर्दयतापूर्वक कुटपिट गरे। यसैगरी,सालो बापीले दबंग देखाउँदै बीच सडकमा नै महिलालाई कुटपिट गरे। यसपछि तिनले थानामा लिखित अभियोग दर्ता गरेको बताएकी छन्। तिनी न्याय चाहन्छिन्।
अर्कोतिर, पुलिस अफिसरको पत्नीले तिनको आमा र भाई माथि लगाएको आरोप झुटो रहेको बताएको छ। वास्तवमा काम गर्ने महिलाले तिनको घरमा चोरी गरेको थियो। यसले गर्दा तिनीहरूले महिलालाई एक-दुई थप्पड हिर्काएका थिए। तर, महिलाले तिनको पतिलाई बदनाम गराउने उद्देश्य लिएर भाई अनि आमामाथि झुटो आरोप लगाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes