सिलगढी : जनसम्पर्क बढाउन सिलगढीमा ‘पुलिसेर पाडा मिटिङ’ अर्थात् पुलिसको गाउँलेहरूसित बैठक शुरू भएको छ। उक्त मिटिङमा स्थानीय मानिसहरूले आफ्नो विविध अभियोगहरू पुलिसलाई सुनाएपछि पुलिसले आज बिहानैदेखि अभियान शुरू गरेको छ। हिजो साँझ सिलगढी नगरनिगमको 17 नम्बर वार्डको शिशु उद्यानमा सिलगढी थाना र स्थानीय वार्ड कमिटीको पहलमा पुलिसेर पाडा मिटिङ आयोजना गरियो। यस अवसरमा सिलगढी थानाका आईसी अनुपम मजुमदार लगायत अन्य पुलिस कर्मीहरू साथै स्थानीय काउन्सिलर तथा 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा, वार्ड कमिटीका अन्य सदस्यहरू उपस्थित थिए। यस अवधि स्थानीय मानिसहरूले पुलिसलाई विविध अभियोगहरू गरे। स्थानीय मानिसहरूको अभियोग अनुसार सिलगढी कलेज नजिकको सडक नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा बनेको छ। रात पर्नसाथ यहाँ नशालु पदार्थ सेवन गर्ने युवा-युवतीहरू भेला हुने गर्दछन्। यसबाहेक इलाकामा युवाहरूले मोडिफाइ गरेर ठुलो आवाजमा बाइकहरू कुदाउने गर्दछन्। यसको विरोध गर्दा मार्ने धम्की समेत दिने गरेको तिनीहरूको भनाइ रहेको छ। यसैगरी, बाघाजतीन कोलनीको सडकमा मनसा मन्दिरको गल्लीमा दिउँसै धेरैवटा घरमा चोरी भएको छ। सडकहरूमा बाइकको साइलेन्सर मोडिफाइ गरेर ठुलो आवाजमा कुदाउने गरेकोले यसलाई कम गर्नको लागि स्पिड ब्रेकर तथा इलाकामा सीसीटीभीको माध्यमद्वारा प्रशासनले विशेष निगरानी गर्नुपर्ने 17 नम्बर वार्डका मानिसहरूले अपील गरेका छन्। स्थानीय मानिसहरूको अभियोग सुन्नसाथ आज बिहानै सिलगढी थाना पुलिसले इलाकामा अभियान चलायो। यस सम्बन्धमा काउन्सिलर मिली सिन्हाले भनिन्, मिटिङमा समस्याहरूबारे चर्चा गरियो। विशेष गरेर सहरमा युवाहरूले लागु पदार्थ सेवन गर्ने गरेको साथै मनपरी बाइक कुदाउने गरेको विषयमा मिटिङमा पुलिसलाई जानकारी गराइयो। पुलिसले यसबारे जाँच गरेर कार्वाही गर्ने आश्वासन दिएको छ।
पुलिसेर पाडा मीटिङमा वार्डवासीहरूले गरे विविध अभियोग, पुलिसद्वारा चाँडै एक्सन लिने आश्वासन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
