सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीले गरिब महिलाहरूको सुविधाको लागि उज्ज्वला योजना शुरू गरेका थिए। गरिब महिलाहरूले दाउराको चुल्हाको धुँवाबाट छुटकारा पाओस् भन्ने उद्देश्य लिएर उक्त योजनाको शुरुवात गरिएको थियो। उक्त योजना अन्तर्गत गरिब महिलाहरूले निःशुल्क ग्यास सिलेन्डर प्रदान गर्ने गरिन्छ। सिलगढीमा यस योजनाको नाममा अवैध रूपमा रुपियाँ लिइरहेको मामिला नगरनिगमको 46 नम्बर वार्ड संलग्न चम्पासारी ग्राम पञ्चायत अन्तर्गत सिमुलबारी इलाकाबाट अघि आएको छ। आरोपअनुसार ग्रामीण इलाकाका महिलाहरूलाई ग्यास सिलेन्डरको नाममा हजारौँ रुपियाँ लिइरहेको छ। केही महिलाहरूले उज्ज्वला योजनाको ग्यास सिलेन्डर नपाए तापनि सबसिडी पाइरहेका छन्। सिमुलबारी इलाकाका महिलाहरूको आरोपअनुसार उज्ज्वला योजना अन्तर्गत पाउने ग्यास सिलेन्डरको लागि 500 देखि 1200 रुपियाँसम्म दिन पर्दछ। तर यस योजना अन्तर्गत महिलाहरूलाई निःशुल्क ग्यास सिलेन्डर उपलब्ध गराउने कुरा थियो। सिमुलबारी निवासी एउटी महिलाले बताएअननुसार तिनले लगभग डेढ वर्ष अघि उज्ज्वला योजना अन्तर्गत ग्यास सिलेन्डर लिनको लागि फारम भरेकी थिइन् तर हालसम्म तिनले ग्यास सिलेन्डर पाएकी छैनन्। तर गत तीन महिनादेखि तिनको ब्याङ्क खातामा ग्यास सिलेन्डरको सबसिडीको रूपमा 233 रुपियाँ पस्दै आइरहेको छ। अर्थात् तिनको नामको ग्यास सिलेन्डर कसैलाई प्रदान गरिरहेको छ। अर्कोतिर, इलाकाका केही महिलाहरूले बताएअनुसार उज्ज्वला योजना अन्तर्गत ग्यास सिलेन्डर लिनको लागि 500 देखि 1200 रुपियाँसम्म दिन पर्दछ। यसको बद्लीमा तिनीहरूलाई रसिद पनि दिँदैन। देवीडाङ्गास्थित ग्यास वितरकलाई रुपियाँ दिएका छौँ। प्रधानमन्त्री नरेन्द्र मोदीको ड्रीम प्रोजेक्ट ‘उज्ज्वला योजना‘-को नाममा गरिब महिलाहरूसित ठगी तथा धोखाधडी किन भइरहेको छ भन्ने प्रश्न चिन्ह खडा भएको छ। के आरोपी एजेन्सी सञ्चालकहरूविरुद्ध कठोर कार्वाही गरिनेछ?
प्रधानमन्त्री ‘उज्ज्वला योजना’- को नाममा सिलगढीमा घोटाला

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
