प्रणय गुरुङको ‘सोल्टिनी’ म्युजिक भिडियो सार्वजनिक

खरसाङ (निसं) : युवा गायक प्रणय गुरुङको ‘सोल्टिनी’ गीतको विमोचन गरियो। गायक प्रणय गुरुङको स्वर अनि संगीत तथा पुष्कर सिंगर र कुशल घिमिरेको शब्दमा रहेको सोल्टिनी गीत आज खरसाङको गोर्खा जन पुस्ताकालय भवनमा विमोचन गरिएको छ। निरङ्कर थापाको अध्यक्षता र समाजसेवी बिक्रम राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गायक कर्म शेर्पा, गीतकार एलबी थापा, साहित्यकार विनोद रसाइली, प्रदीप शेर्पा, राजा पुनियानी, सुरज रोसुरी लगायत अन्यहरू उपस्थित रहेका थिए। सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण कलाकार पुष्कर सिंगरद्वारा राखिएको थियो। यसै कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बिक्रम राईको बाहुलीबाट सोल्टिनी म्युजिक भिडियो सार्वजनिक गरिएको छ भने यसको प्रीमियर पनि गरिएको छ। कार्यक्रममा चर्चित गायक कर्म शेर्पाले वर्तमान समयमा कलाकारहरूको अवस्था विषयमा वक्तव्य राखे।


कार्यक्रममा सोल्टिनी म्यूजिक भिडियोका गायक तथा संगीतकार प्रणय गुरुङले म्युजिक भिडियो सोल्टिनीलाई सहयोग र साथ दिने सबै कलाकारहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । यस अवसरमा गायक प्रणय गुरुङकी माताको बाहुलीबाट खदार्पणसहित सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बिक्रम राईले सम्बोधन गर्दै सोल्टिनी टिमलाई राम्रो कामको लागि बधाई दिएका छन्। कार्यक्रममा विभिन्न क्षेत्रहरूबाट कलाकारहरू उपस्थित रहेका थिए। यो म्युजिक भिडियो सोल्टिनीमा नायक तथा निर्देशक मञ्जित दियालीको रहेको छ भने छाँयाङ्कन तथा सम्पादन राजीव खवास र सुभम गुरुङको रहेको छ। यस म्युजिक भिडियोको प्रबन्ध निर्देशक महेश खवास रहेको छ। प्रणय गुरुङको स्वर र संगीतमा रहेको यस म्युजिक भिडियोमा शब्द पुष्कर सिंगर र कुशल घिमिरेको रहेको छ। गायक प्रणय गुरुङको पहिलेबाटै नेपाली सांगीतिक क्षेत्रमा ‘पदार्पण’ नामक एल्बम प्रकाशित छन् भने तिनको ‘हँसाउनु मात्र माया का हो र’ नामक गीत निक्कै लोकप्रिय बनेका छन्। तिनले अन्य धेरैवटा साङ्गीतिक एल्बमहरूमा पनि आफ्नो स्वर र संगीत दिइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *