प्रशासनद्वारा कुचबिहारमा अफिमको खेती नष्ट

कुचबिहार : कुचबिहार जिल्लाको माथाभङ्गामा केही बिघा जमिनमा अवैध रूपमा गरिरहेको अफिमको खेतीलाई प्रशासनले नष्ट गरिदिएको छ। माथाभङ्गा 1 खण्डको हाजराहाटको दईभाङ्गी इलाकामा लगभग 30 बीघा भूमिमा लगाइएको अफिम तथा गाँजाको खेती प्रशासनले नष्ट गरिदिएको छ। धेरै समय अघिदेखि यस इलाकामा अवैध रूपमा गाँजा तथा अफिमको खेती गरिरहेको थियो। कोलकाता नारकोटिक्स कन्ट्रोल ब्युरोको टीमले एसएसबीको माध्यमद्वारा यसबारे थाहा पाएपछि आबकारी विभाग र पुलिसको सहयोगमा उक्त अफिम तथा गाँजाको खेती नष्ट गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *