टिस्टा भेल्ली (निसं) : आगामी लोकसभा चुनाउको लागि दार्जिलिङ आसनको भाजपा उम्मेद्वारको सम्भावित सूचीमा रहेको विषयमा हाल चर्चामा रहेका जीटी लेप्चा हाल दिल्ली पुगेका छन्। तिनले दिल्लीस्थित भाजपा मुख्यालयमा बुधबार भाजपा नेता तथा देशका पूर्व उप-राष्ट्रपति वैंकैया नायडुसँग सौहार्द्रपूर्ण भेटघाट गरेको जानकारी प्राप्त भएको छ।
आउँदो 2024 मा सम्पन्न हुने लोकसभा चुनाउलाई केन्द्र गर्दै भाजपा उम्मेद्वारका रूपमा दार्जिलिङ आसनको निम्ति टिकट पाउने प्रवल दावेदारहरूमध्ये एक मानिएका जीटी लेप्चा को हुन् त ? तिनीबारे सामान्य कुरा जानी राखौं। दार्जिलिङ जिल्लाको रंगली रंगलीयट तकदाह ब्लक अन्तर्गत पर्ने तकलिङ पेशोक समष्टीको तकलिङ बस्ती निवासी हुन् जीटी लेप्चा। आफ्नो जीवनको 24 वर्षसम्म सीआरपीएफ-को रूपमा देशको सेवा गरेर अवकाश ग्रहण गरेपछि तिनी हाल आफ्नो घर फर्किआएका छन्। तिनको भाजपाका वरिष्ठ नेतृत्वहरूसित खुबै नजिकको सम्बन्ध रहेको कारणले गर्दा पनि तिनले चुनाउ टिकट पाउन सक्ने अधिक सम्भावना रहेको बताइन्छ। प्राप्त जानकारी अनुसार, सीआरपीएफ-को सेकेण्ड इन् कमाण्ड (एसपी) को पदबाट अवकाश ग्रहण गरेका जीटी लेप्चाले देशका पूर्व दिवङ्गत प्रधानमन्त्री अटल बिहारी बाजपेयीको अंग रक्षकको रूपमा रहेर धेरै वर्षसम्म काम गरे। पूर्व प्रधानमन्त्री बाजयेपीले जीटी लेप्चाको निम्ति नै विशेष सहायकको नयाँ पद सिर्जना गरेर उक्त पदमा तिनलाई नियुक्त गरेर आफूसित राखेको बताइन्छ। उनले 1996 देखि 16 वर्षसम्म अटल बिहारी बाजपेयीसित खुबै नजिकमा रहेर काम गर्ने मौका पाएका थिए भने त्यसरी नै पूर्व प्रधानमन्त्री नरसिंह रावसित पनि 1994-96 सम्म अंग रक्षकको रूपमा काम गरेका थिए। नोकरीबाट अवकाश ग्रहण गरेर घर फर्किएका जीटी लेप्चाले आफ्नो रहल जीवन जनसेवा अनि गाउँ-घरको विकासको निम्ति बिताउने सोंच राखेको कारणले गर्दा आउँदो लोकसभा चुनाउमा भाजपाको टिकटमा दार्जीलिङ आसनबाट चुनाउ लड्ने मौका पाए, चुनाउ लड्ने ईच्छा जाहेर गरेका छन्।
पूर्व उपराष्ट्रपति वैंकैया नायडुलाई भेट्ने सम्भावित भाजपा प्रार्थी जीटी लेप्चाको हुन् त ?

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
