बिजनबारी : अहिलेघरि सम्पूर्ण पहाडमा बाहिरबाट आउने मानिसहरू क्वारेन्टाइनमा बस्ने साथै 14 दिन क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य विभागको विशेष निगरानी तथा निर्देशनमा एएनएम र आशा कर्मीहरूको उपस्थितिमा क्वारेन्टाइन मुक्त गराउने कार्य भइरहेको छ। कतिपय ठाउँहरूमा स्वास्थ्य विभागको निर्देशन अनुरुपको होम क्वारेन्टाइन सकिँदा पनि स्वाब टेस्टको रिपोर्ट नआएपछि मानिसहरू अन्योलमा परेका छन्। यसै क्रममा टाटा मेमोरियल क्यान्सर अस्पताल मुम्बईबाट आएका दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ कैजले ग्राम पञ्चायतको लोअर सिरिसे निवासी विशाल सुब्बा अनि तिनको परिवारका सदस्यहरू होम क्वारेन्टाइन बसेको २१ दिन बितिसक्दा पनि तिनीहरूको स्वाब टेस्टको रिपोर्ट आएको छैन। समाजको पदाधिकारी लगायत आशा कर्मीको विशेष उपस्थितिमा तिनीहरूले २१ दिनको होम क्वारेन्टाइन पुरा गरेर क्वारेन्टाइन मुक्त बनेका छन्।
क्वारेन्टाइन सकिए तापनि स्वाब टेस्टको रिपोर्ट नआएपछि मानिसहरू चिन्तामा

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
