रायगञ्जमा 5 सय रुपियाँको नकली नोटसहित 4 पक्राउ

रायगञ्ञ :   रायगञ्ज थाना पुलिसले धेरै मात्रामा 5 सय रुपियाँको नकली नोटसहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले प्रदीप साहा, पङ्कज प्रामाणिक, रतन अधिकारी र उत्तम सरकारको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा उत्तरदिनाजपुर जिल्लाको रायगञ्ज थानाका आईसी सुरज थापाको नेतृत्वमा पुलिसले अभियान चलाएर धेरै मात्रामा 5 सय रुपियाँको नकली नोटसहित 4 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले उक्त घटनामा अन्य व्यक्ति संलग्न रहेको आशंकामा तिनीहरूसँग सोधखोज गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। ती आरोपीहरूलाई आज रायगञ्ज जिल्ला अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *