राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको सांगठनिक सभा

राजगञ्ज : राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको देवी चौधुरानी सभा कक्षमा राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको सांगठनिक सभा आज सम्पन्न भयो। उक्त सभामा आगामी 1 जनवरीको दिन तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन गरिने लगायत आउँदो पञ्चायत चुनाउको विषयमा व्यापक चर्चा परिचर्चा गरियो। उक्त सभामा जलपाईगढी जिल्ला परिषदका सभापति उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्याचत समितिका सभापति पुर्णिमा राय, जलपाईगढी डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज ब्लक युवा तृणमूल सभापति तुषार दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *