राजगञ्जको विभिन्न पुजा कमिटीहरूसित प्रशासनिक बैठक

राजगञ्ज : राजगञ्जको बीडीओ अफिसको कन्याश्री भवनमा सबै पुजा कमिटीहरूको साथमा प्रशासनिक बैठक गरियो। आज प्रशासनिक अधिकारीहरूले राजगञ्जको विभिन्न पुजा कमिटी, क्लबका सदस्यहरू लगायत विभिन्न मस्जिदका इमामहरूसित एउटा बैठक गरियो। पुजाको अनुमति लगायत विभिन्न नियमहरूबारे बैठकमा चर्चा परिचर्चा गरियो। यस अवसरमा राजगञ्जका बीडीओ पंकज कोनार, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष, राजगञ्ज थानाका आईसी पंकज सरकार, बिजुली विभागका अधिकारी, दमकल विभागका अधिकारी, आबकारी विभागका अधिकारीहरू लगायत विभिन्न अञ्चलका प्रधानहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *