राजगञ्ज : राजगञ्ज बजारको एउटा लुगाको गोदाममा आगो लाग्दा लगभग डेढ करोड रुपियाँको क्षयक्षति भएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज बजारमा रहेको एउटा लुगाको गोदाममा विभिन्न इलाकाका व्यवसायीहरूले लुगाहरू राख्ने गर्दछन्। गत राति उक्त गोदाममा आगो लागेपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास गरियो। यसपछि जलपाईगढी तथा फुलबारीबाट दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि गोदाममा राखेको लगभग सबै लुगाहरू जलेर खरानी भएको बताइएको छ। घटनाको खबर पाएपछि आज बिहान राजगञ्जका विधायक खगेश्वर राय तथा बीडीओ पंकज कोनार घटनास्थलमा पुगेर पीडित व्यवसायीहरूसित कुराकानी गर्नको साथै क्षतिपूर्ति दिइने आश्वासन पनि दिए। व्यवसायीहरूले बताएअनुसार लगभग 100 जना व्यवसायीहरूले उक्त गोदाममा लुगाहरू राख्ने गर्दथे भने तिनीहरू सबैले पुजाको लागि धेरै मात्रामा लुगाहरू उक्त गोदाममा राखेका थिए। तर गत राति आगलागी हुँदा गोदाममा राखेको सबै लुगाहरू जलेर खरानी भएकोले लगभग डेढ करोड रुपियाँ क्षति भएको तिनीहरूले बताए। तथापि, के कारणले गर्दा उक्त आगो लागेको हो भन्ने विषयमा हालसम्म थाहा लागेको छैन। उक्त गोदाममा बिजुलीको कनेक्सन नरहेकोले रातिको समयमा समानहरू राख्नको लागि मोमबत्ती जलाउने गर्दछौँ। उक्त मोमबत्तीबाट पनि आगो लागेको हुनसक्ने व्यवसायीहरूले बताए। धेरैजसो व्यवसायीहरूले ब्याङ्कबाट ऋण लिएर, घरको सुनको गर-गहना बन्दक राखेर व्यापारको लागि लुगाहरू किनेका थियौँ। यस्तो परिस्थितिमा सरकारको तर्फबाट क्षतिपूर्ति नदिए आफूहरूलाई धेरै समस्या हुनेछ। यसैले अग्नि पीडित व्यवासीहरूले क्षतिपूर्तिको माग गरेका छन्।
राजगञ्जको लुगा गोदाममा आगलागी, विधायक तथा बीडीओ-द्वारा घटनास्थलको निरीक्षण

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
