राजगञ्ज : राजगञ्जका दुईजना छात्रालाई निखोज भएको 24 दिनपछि राजगञ्जको बेलाकोवा आउटपोस्ट पुलिसले हिजो दक्षिण 24 परगानाबाट उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गत 10 अगस्तको दिन राजगञ्जको पानीकौरी ग्राम पञ्चायतको भाङ्गीपाडाका 18 वर्षीय छात्रा र बहादुर ग्राम पञ्चायतको गोलान्दीपाडा निवासी 16 वर्षीय छात्रा निखोज भएकी थिइन्। परिवारका सदस्यहरूले थानामा लिखित अभियोग दर्ता गरेको थियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार निखोज छात्रामध्ये एकजनाको मोबाइल ट्र्याक गरेर तिनीहरू दक्षिण 24 परगानामा रहेको थाहा पाएपछि गत बुधबार राजगञ्जको बेलाकोवा आउटपोस्ट पुलिसले निखोज छात्राका परिवारका सदस्यहरूलाई साथमा लिएर कोलकाता गए। यसपछि पुलिसले कोलकाताको गरियाहाटस्थित एउटा सपिङ मल अघिबाट निखोज दुई छात्रालाई उद्धार गरेको बताइएको छ। ती दुईजना छात्राले आफूहरू कामको खोजीमा दक्षिण 24 परगाना गएको बताए। तथापि, उक्त घटनामा अन्य संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको छ। उद्धार गरेको छात्राहरूमध्ये नाबालिका छात्रालाई जलपाईगढी जिल्लाको सीडब्ल्युसीमा पठाइएको छ भने अन्य एकजना छात्रालाई अदालतमा पेश गरियो।
राजगञ्जको निखोज भएका दुईजना छात्रा दक्षिण 24 परगानाबाट उद्धार

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
