राजगञ्जमा 284 विद्यार्थीहरूलाई सबुज साथीको साइकल वितरण

राजगञ्ज : राजगञ्ज ब्लकको सन्न्यासीकाटा उच्च विद्यालयका 284 जना विद्यार्थीहरूलाई विधायक खगेश्वर रायले आज सबुज साथी परियोजना अन्तर्गत साइकल वितरण गरे। यस अवसरमा विधायक खगेश्व रायले बताएअनुसार आज सन्न्यासीकाटा उच्च विद्यालयका 284 जना विद्यार्थीहरूलाई छैटौँ चरणमा सबुज साथीको साइकल वितरण गरियो। आगामी दिनमा अन्य विद्यार्थीहरूलाई पनि सबुज साथीको साइकल वितरण गरिने तिनले बताए। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभाधिपति पूर्णिमा राय, सन्न्यासीकाटा अञ्चल सभापति रोशन हबीब, सन्न्यासीकाटा अञ्चल प्रधान मल्लिका राय लगायत विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *