राजगञ्जमा आफ्टर अफिस संस्थाको तर्फबाट आवश्यमन्दहरूलाई न्यानो लुगाफाटा वितरण

राजगञ्ज : आफ्टर अफिस नाम गरेको एउटा संस्थाको तर्फबाट राजगञ्जको आमबारी इलाकाका लगभग 400 जना आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा वितरण गरियो। आमबारी फालाकाटा माँ गङ्गा संघको व्यवस्थापनमा उक्त संस्थाको तर्फबाट आज आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा वितरण गरिएको हो। उक्त संस्थाका सदस्य राजा चट्टोपाध्यायले बताएअनुसार कोलकाताको काचरापाडा इलाकाका केही अफिस कर्मचारीहरूले मिलेर आफ्टर अफिस नाम गरेको एउटा संस्था शुरू गरेका थिए भने हाल उक्त संस्थामा 17 जना सदस्यहरू छन्। अफिस छुट्टी भएपछि तथा छुट्टीको दिन असहाय मानिसहरूको सहयोग गर्ने उद्देश्यले उक्त संस्था शुरू गरेको साथै धेरै वर्ष अघिदेखि उक्त संस्थाले आवश्यकमन्द मानिसहरूको सहयोग गर्दै आइरहेको तिनले बताए। यस अवसरमा बिन्नागढी ग्राम पञ्चायत प्रधान शशीचन्द्र बर्मन, आमबारी आउटपोस्ट पुलिसका ओसी सजल राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *