राजगञ्जमा ब्लक छात्र उत्सव शुरू

राजगञ्ज : राजगञ्जमा ब्लक छात्र उत्सव एउटा रङ्गारङ्ग शोभायात्राको साथमा आजदेखि शुरू भयो। यस उत्सवको जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनले विधिवत् रूपमा उद्घाटन गरिन्। पश्चिमबंग सरकारको युवा कल्याण तथा क्रीड़ा विभागको आयोजनामा उक्त उत्सव राजगञ्जको श्रीसंघ क्लब मैदानमा आयोजना गरियो। यस अवसरमा सभाधिपतिबाहेक राजगञ्ज पञ्चायत समितिकी अध्यक्षा पूर्णिमा राय, राजगञ्जका बीडीओ एनसी शेर्पा, ब्लक युवा कल्याण अधिकारी जयन्ती राय, जिल्ला परिषदका सदस्य देवाशीष प्रामाणिक, लवली परवीनलगायत अन्य लोग उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *