राजगञ्जमा तृणमूलको दुई गोष्ठी संघर्ष, 7 जना पत्रकार घाइते

राजगञ्ज : तृणमूल कङ्ग्रेसको दुई गोष्ठीमाझ संघर्ष हुँदा समाचार संग्रह गर्न गएका पत्रकाहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार तृणमूल परिचालित राजगञ्ज सुखानी ग्राम पञ्चायतका प्रधानलाई आज पार्टीका एससी एसटी ओबीसी सेलको तर्फबाट ज्ञापन पत्र चढाउन गएका थिए। धेरै संख्यामा तृणमूल कार्यकर्ता तथा समर्थकहरू हातमा दलीय झण्डा बोकेर र्‍यालीको माध्यमद्वारा ग्राम पञ्चायत कार्यालय पुगे तापनि तिनीहरूलाई कार्यालयभित्र प्रवेश गर्न नदिएपछि पार्टीको दुई गोष्ठीमाझ हातापाई शुरू भएको बताइएको छ। यस अवधि केही कार्यकर्ताहरूले समाचार संग्रह गर्न गएका 7 जना पत्रकारहरूलाई कुटपीट गरेको आरोप रहेको छ। उक्त घटनामा घाइते भएका पत्रकारहरूलाई राजगञ्ज ग्रामीण अस्पतालमा उपचार गरियो। उक्त घटनालाई लिएर पत्रकारहरूले राजगञ्ज थानाका आईसी पंकज सरकारलाई मौखिक रूपमा अभियोग दर्ता गरेका छन्। तृणमूल एसटी एससी ओबीसी सेलका राजगञ्ज ब्लकका कार्यकारी अध्यक्ष पूर्णचन्द्र रायले घटनाबारे बताएअनुसार ग्राम पञ्चायत प्रधान सम्पा दत्तले 100 दिनको काम अनियमित रूपमा गरेकोले गर्दा नै दलका कार्यकर्ताहरूले आन्दोलन गरेर 100 दिनको काम लिन बाध्य छन्। प्रत्येक जब कार्ड धारकहरूले 100 दिनको काम लगायत विविध मागलाई लिएर ग्राम पञ्चायत कार्यालयमा ज्ञापन चढाउन गए तापनि तिनीहरूलाई कार्यालयमा प्रवेश गर्न नदिएपछि नै उक्त झमेला भएको हो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *