राजगञ्ज पुलिसद्वारा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण

राजगञ्ज : राजगञ्ज पुलिसले आज आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गर्यो। कोरोना महामारीलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा जारी लकडाउनले गर्दा धेरैजना मानिसहरू बेरोजगार भएका छन्। यसैले यस्ता असहाय मानिसहरूलाई ध्यान राखेर आज राजगञ्ज पुलिसको तर्फबाट राजगञ्ज थाना अन्तर्गत पर्ने सन्न्यासीकाटा, माझियाली, सुखानी, पानकौरी र शिकारपुर क्षेत्रका लगभग 500 आवश्यकमन्द मानिसहरूलाई चामल, दाल, तेल, आलु, प्याज, सोयाबीन लगायत मास्क, सेनिटाइजर र ह्यान्ड ग्लब्स वितरण गरियो। यस अवसरमा जलपाईगढीका एसपी देवर्षी दत्त, एडिशनल एसपी पलाश ढाली, डिप्टी एसपी समीर कुमार पाल, राजगञ्ज थानाका आईसी पंकज सरकार र विधायक खगेश्वर राय उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *