राजगञ्ज : राजगञ्ज थाना तथा प्रशासनको पहलमा सेफ ड्राइभ सेभ लाइफ सप्ताह पालन गरियो। राजगञ्जस्थित बीडीओ कार्यालयबाट आज फाटापुकुरसम्म एउटा जागरूकता र्याली निकालेर साधारण मानिसहरूलाई ट्राफिक नियमहरूबारे अवगत गराइयो। यस सम्बन्धमा बीडीओ पंकज कोनारले बताएअनुसार राज्यमा 11 वर्षदेखि विकास कार्यक्रम चलिरहेको छ। यसै अन्तर्गत सेफ ड्राइभ सेभ लाइफ सप्ताह मनाइएको हो। टोल ट्याक्स तिर्नबाट बाच्नको लागि केही वाहनहरू राजगञ्ज बजारबाट राष्ट्रिय राजमार्गमा आउने गरेकोले सडक दुर्घटनाहरू बढिरहेको छ। यसको समाधानको लागि केही उपाय गरिने तिनले बताए। यस अवसरमा राजगञ्जका ट्राफिक ओसी अतुल दास लगायत अन्य पुलिस अधिकारी तथा सिभिक भोलेन्टियरहरू उपस्थित थिए।