राजगञ्ज, 15 नोभेम्बर (निसं): राजगञ्जमा एउटा घरमा आगो लागेको घटनाले इलाकामा हडकम्प मच्चियो। आगो निभाउने प्रयास गर्दा घरको मालिक घाइते भएका छन्। यो घटना बिहीबार राति राजगञ्जको फाटापुकुर संलग्न गाठियागञ्ज गाउँमा घटेको हो।
प्राप्त जानकारी अनुसार, तारिकुल मोहम्मदको घरमा राति आगो लाग्यो। त्यसबेला तारिकुल र उनकी पत्नी घरमा थिएनन्। आगो लागेको खबर पाएपछि उनीहरू तुरुन्तै घटनास्थलमा पुगे। उक्त आगलागीको घटनामा दुईवटा घर जलेर खरानी भएको छ। आगो निभ्याउने प्रयासमा घरका मालिक तारिकुल घाइते भएका छन्। स्थानीय मानिसहरूले सबैभन्दा पहिला आगो निभाउने भरमग्दुर प्रयास गरे। पछि घटनाको खबर पाएर फूलबारीबाट दमकलको गाडी घटनास्थलमा पुगेर आगोलाई पूर्ण नियन्त्रणमा ल्यायो। घटनापछि घाइते तारिकुललाई राजगञ्ज ग्रामीण अस्पतालमा उपचारको लागि लगियो। प्रारम्भिक अनुमान अनुसार आगो सर्ट सर्किटको कारणले लागेको हुन सक्ने बताइएको छ।
राजगञ्जमा आगो लागेर 2 वटा घर भष्म, घरको मालिक घाइते

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
