राज्यका खाद्य विभागका अस्थायी कर्मचारीहरू बेरोजगार, चाँडै बहाली गरिनुपर्ने माग

सिलगढी : पश्चिम बंगाल सरकारद्वारा राज्यभरिकै सबै सरकारी खाद्य विभागहरूमा सुरक्षा प्रभारीको रूपमा पूर्व सेना कर्मीहरूलाई दायित्व दिइने दिशा-निर्देश जारी गरेपछि लगभग 680 अस्थायी कर्मचारीहरू बेरोजगार भएका छन्। यसैले एनजेपीको खाद्य विभाग कार्यालयमा 53 जना अस्थायी सुरक्षा गार्डहरू बेरोजगार भएका छन्। ती श्रमिकहरूको भनाइअनुसार गत 10 वर्षदेखि तिनीहरूले एनजेपीको खाद्य विभाग कार्यालयमा सुरक्षा गार्डको रूपमा काम गर्दै आइरहेका छन्। अचानक तिनीहरूलाई कामबाट निकालेर भूतपूर्व सैनिकहरूलाई सुरक्षा गार्डको रूपमा नियुक्ति गरेको कुरा स्वीकार नगरिने बताउँदै चाँडै नै आफूहरूलाई काममा फर्काइ ल्याउनुपर्ने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *